Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा बहिनीले केटासँग मिलेर आफ्नै दाजुको अटो-रिक्सामा आगो लगाइन

दाङको घोराही उपमहानगरपालिका-१५ बिपी चोक नजिक कोठा भाडामा बसी अटो चलाउने टेकबहादुर खत्रीको रा-१-ह ८६६० नम्बरको अटोमा शनिबार बिहान साढे १ बजेतिर अज्ञात समूहले आगो लगाएको थियो।                                                                           

उक्त अटो खत्रीको घरअगाडि पार्किङ गरी राखिएको ठाउँमा जलाइएको थियो।

खत्री स्वंयले सुरूमा ब्याट्रीबाट करेन्ट प्रवाह भई एकाएक आगो लागेको हुन सक्ने प्रहरीलाई बताएका थिए। प्रहरीले पनि त्यही नै सोचेको थियो। तर, आसपासमा केही प्लाष्टिकका टुक्राहरू देखिएको थियो। त्यसपछि प्रहरीले शंका गरी अनुसन्धान अगाडि बढाएको थियो।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन गौतमका अनुसार अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा खत्रीकी आफ्नै बहिनी बागलुङ घर भई झन्डै एक महिनादेखि घोराही उपमहानगरपालिका-१५ मा बस्दै आएकी २९ वर्षीया कमला दर्जी र ललितपुर महानगरपालिका-१७ घर भई कमलासँगै बस्दै आएका २३ वर्षीय मिलन पौडेलले मिलेर आगो लगाएको तथ्य खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै