Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रे प्रहरीद्वारा आयोजना गरेको विश्व आत्महत्या रोकथाम विशेष कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले आयोजना गरेको कार्यक्रम “आशा जगाऔं, जोवन बचाऔं”भन्ने नाराका साथमा विश्व आत्महत्या रोकथाम दिवस सम्पन्न भएको छ ।                                                                         

नेपाल प्रहरीको समुदाय-प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत काभ्रेपलापञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ०५ स्थित अरनिको पार्टी प्यालेसको सभा हलमा जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी तथा काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा आत्महत्या रोकथामका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।                                                                           

उक्त कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका स्थानिय पालिकाहरुका उप-प्रमुख तथा उपाध्यक्ष, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, उद्योग बाणिज्य संघका प्रमुख तथा पदाधिकारीहरु, गैर सरकारी महासंघ काभ्रेका अध्यक्ष, बनेपा नगरपालिका भित्र रहेका शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, समाजसेवीहरु, बिभिन्न क्लब तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु,बनेपा, धुलिखेल नगरपालिकाभित्रका बिभिन्न सामुदियिक तथा निजि बिद्यालयका विद्यार्थीहरु, काभ्रेपलाञ्चोक जिल्ला स्थित क्रियाशिल संचारकर्मीहरु समेतको समुपस्थितीमा बिभिन्न सचेतनामुल पर्चा पम्पेप्ट जिङ्गलहरु सहित अन्दाजी ५५० जनाको सहभागीतामा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०९ स्थित पुलबजारबाट र्‍याली निकालीबजार परिक्रमा गरी अरनिको पार्टी प्यालेसको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोको प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले आत्महत्या रोकथाममा नेपाल प्रहरी विषयमा प्रस्तुतीकरण दिनु भएको थियो । मनोपरामर्श कर्ता निर्मला काफ्ले, स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. पुरुषोतम सेढाई, स्थानिय पालिकाहरुको तर्फबाट बनेपा नगरपालिकाका उप-प्रमुख बिमला सापकोटा दाहाल र कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे ज्यूले आत्यमत्या रोकथामको बिषयमा मन्तव्य दिनु दिनुभयो ।                                                                               

कार्यक्रमका अध्यक्ष प्रहरी उपरीक्षकले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिष्ठ अतिथि, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज, बिभिन्न शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न बिद्यालयका बिद्यार्थिहरु समेतलाई कार्यक्रममा उपस्थित हुनु भई कार्यक्रमको शोभा बढाई सव्य र भव्य रुपमा सफल बनाउनु भएकोमा सम्पूर्णमा धन्यवाद सहित कार्यक्रम समापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै