१२ जेठ ,काठमाडौ ।  जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयमा रहेका बिभिन्न मुद्धाका प्रतिवादीहरु प्रत्यक्ष रुपमा नियमानुसार सम्मानित जिल्ला अदालतमा उपस्थित गरेको हो ।

थप म्याद प्रकृया तथा बयान गर्ने गरिएकोमा बिश्वव्यापी रुपमा बढ्दै गईरहेको कोरोना भाईरस (COVID-19) महामारीको अवस्थामा सम्मानित कास्की जिल्ला अदालत र सरकारी वकिल कार्यालय कास्कीसंगको समन्वयमा नियमानुसार प्रतिवादीहरुको म्याद थप प्रकृया तथा बयान समेत (video-conferencing) श्रव्य–दृश्य माध्यामबाट संचालन गरिएको छ ।

कास्की जिल्ला अदालतका माननीय न्यायधीशज्यूहरुको प्रत्यक्ष निग्रानीमा भर्चुअल माध्यमबाट प्रतिवादीहरुको म्याद थप प्रकृया तथा बयान गरिएको छ जस अन्तरगत हाल सम्म बिभिन्न मुद्धामा १० जनाको म्याद थप र बिभिन्न ७ वटा मुद्धामा ११ जनाको बयान साथै थुनछेकको बहस समेत भर्चुअल माध्यामबाट सम्पन्न गरिएको छ ।