Comments Add Comment

Advertisment

SKIP THIS

मर्निङ वाकमा निस्केका व्यापारीको गाडीको ठक्करबाट मृत्यु

१२ मंसिर , काठमााडौं । रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्डमा सवारी दुर्घटनामा परेर एक जना व्यापारीको ज्यान गएको छ। मर्निङवाकमा गएका गरुडाका स्थानीय व्यापारी ४० वर्षीय राजनारायण साहको सोमबार बिहान साढे ५ बजे जिंगडियामा सवारीको ठक्करबाट मृत्यु भएको हो ।

साहलाई कुन गाडीले ठक्कर हान्यो थाहा हुन सकेको छैन। पीडित परिवार र गरुडाका स्थानीय व्यापारी मिलेर झन्डै २ घण्टा गौर चन्द्रपुर सडक अवरुद्ध गरेका थिए । गरुडा नगरप्रमुख कन्थमणि जैसवालले दुर्घटना भएको ८ घण्टा बित्दा पनि ठक्कर दिएर भागेको सवारीसाधनको बारेमा यकिन नहुनुमा प्रहरीको कमजोरी रहेको बताए ।

यसैबीच ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तु जैसवार, जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर विमला कठायत सहितको टोली पुगेर बाटो खुलाएको छ। अहिले पीडित परिवार,व्यापारी तथा मेयर जैसवाल र प्रहरीबीच इलाका प्रहरी कार्यालय गरुडाको प्राङ्गणमा छलफल भइरहेको छ। गरुडा बजारदेखि जिंगडियासम्म रहेको सिसिटिभी क्यामरामा हेरेर तथा घटना बारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी वरुण सिंहले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै