Comments Add Comment

Advertisment

SKIP THIS

इन्टरपोलको ९०औं महासभामा सहभागी हुन आईजीपी धीरज प्रताप सिहं भारत जाने 

नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिहं भारत जाने भएका छन्। आगामी कात्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को ९०औं महासभामा सहभागी हुन उनी दिल्ली जाने भएका हुन्। उनलाई मन्त्रिपरिषद्को ३१ भदौको बैठकले दिल्ली भ्रमणमा जान स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

इन्टरपोल महासभामा विश्वभर रहेका सदस्य राष्ट्रका तर्फबाट कानून कार्यान्यवन इकाइमा कार्यरत वरिष्ठ अधिकारीहरूले सहभागिता जनाउँछन्। महासभामा आतंकवादविरुद्धको सामूहिक प्रयास, साइबर अपराध, वातावरणीय अपराध, लागुऔषध ओसारपसार नियन्त्रण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, आर्थिक अपराध तथा वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणका लागि सामूहिक प्रयासका विषयमा छलफल हुने गर्दछ। यस्तै इन्टरपोलमार्फत सदस्य राष्ट्रहरूले जघन्य अपराधका फरार अभियुक्तहरू पक्राउ गरेर एकअर्कालाई सुम्पने गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै