Comments Add Comment

Advertisment

SKIP THIS

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

३ आश्विन , काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१ ठेगाना भई हाल ललितपुर महानगरपालिका–१५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्का छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा २० लाख ५० हजार रुपैयाँ बिगो ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै