Comments Add Comment

Advertisment

SKIP THIS

स्कुटर दुर्घटना हुँदा बुवाको मृत्यु , छोरी घाइते

५ आश्विन , काठमाडौं । कास्कीको पोखरामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका २५ हेम्जा हनुमानटोलमा गएराति नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर अनियन्त्रीत भई सडकको डिभाइडरमा ठोक्किँदा चालकको मृत्यु भएको छ । स्कुटर पछाडि सवार घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका दुवलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तँनहुको व्यास नगरपालिका १ दमौलीका ५० वर्षीय बलबहादुर राईको मृत्यु भएको हो । पछाडी सवार राईकी छोरी १५ वर्षीया सोनी राईको उपचार भइरहेको वडा प्रहरी कार्यालय बगर कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment