Comments Add Comment

Advertisment

SKIP THIS

आपराधिक विश्वासघात मुद्दामा ललितपुरका अनिल श्रेष्‍ठलाई टेकु प्रहरीले पक्राउ

काठमाडौं: आपराधिक विश्वासघात मुद्दामा ललितपुरका एक जना पक्राउ परेका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभु घर भएका अनिल श्रेष्‍ठ दोस्रो पटक पक्राउ परेका हुन्।

उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अंगुर जिसीले जानकारी दिए।

श्रेष्ठले एक जना एकल महिलाको चेकमा एक करोड ८६ लाख रुपैयाँको भरेर बैंकबाट बाउन्स गराएको डिएसपी जिसीले बताए।

आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

अनिल श्रेष्ठ यसअघि पनि पक्राउ परिसकेका व्यक्ति हुन्। २०७९ असारमा उनले आफ्नै सहकारीका व्यवस्थापकलाई फसाउन स्कुटरमा पेस्तोल र गोली राखेर फसाएका थिए।

उनी त्यतिबेला लुभुको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत थिए। पेस्तोल व्यवस्थापकले राखेको भन्ने नखुलेपछि प्रहरीले अध्यक्ष श्रेष्ठलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै