Comments Add Comment

Advertisment

SKIP THIS

पूर्व आइजिपी सर्वेन्द्र खनाल एमाले प्रबेश, पर्साबाट मागे टिकट

६ असोज , काठमाडौँ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रबेश गरेका छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमाले प्रबेश गरेका हुन् ।

आगामी मंसिरमा हुने निर्वाचनमा चुनाव लड्ने योजनासहित खनाल एमाले प्रबेश गरेका हुन् । उनले तनहुँ, काठमाडौं, पर्सा वा बाराबाट टिकटका लागि लबिइङ गरेका छन् ।

खनालले काठमाडौं– ५ बाट चुनाव लड्ने इच्छा देखाएका छन् । नत्र पर्सा वा बारामा आफ्नो राम्रो प्रभाव भएको भन्दै त्यता टिकट पाए जित्ने दाबी उनले एमाले अध्यक्ष केपी ओलीलाई पेश गरेका छन् । गृह जिल्ला तनहुँमा पनि चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको उनले बताएका छन् ।

अवकाशलगत्तै एमाले प्रबेश गर्ने बताइएपनि अपहरणकाण्डमा मुछिएपछि उनी समस्यामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै