Comments Add Comment

Advertisment

SKIP THIS

बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

६ असोज , काठमाडौँ । बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

यसअघिका प्रशिक्षम मोहमद अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् ।

रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । चोटका कारण सुनिल बल टोलीमा परेका छैनन् ।

प्रशिक्षक हुमागाईँले कप्तान भने घोषणा गरेका छैनन् । उनले खेलअघि कप्तान घोषणा गर्ने बताए । नेपालले असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै