Comments Add Comment

Advertisment

SKIP THIS

मन्त्रीकी श्रीमतीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

७ असोज , काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश मन्त्रीकै श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ बहादुर सोडारीकी श्रीमती गिता सोडारीविरुद्ध अख्तियार आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार गिताविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका ९ स्थित शिव माविमा गिताले राहत शिक्षकका रुपमा काम गरेकी थिइन् । बोर्ड अफ सेकेन्डरी इजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै