Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति शर्माले गरे ‘नेसनल म्युजियम अफ द मरिन क्रप्स’को अवलोकन

१४ असार , काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भर्जिनियास्थित ‘नेसनल म्युजियम अफ द मरिन क्रप्स’को अवलोकन गरेका छन् ।

सोही क्रममा उनले मरिन क्रप्स वार फाइटिङ लेवोरेटोरीका कमाण्डर केल बी। इलिसनसँग छलफल तथा अन्तरक्रिया गरेका थिए ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले मरिन क्रप्स कमान्ड एन्ड स्टाफ कलेजको अवलोकन गरेका थिए । उनले कलेजले दिने तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए ।

प्रधानसेनापति शर्मा १२ असारमा अमेरिका पुगेका हुन् । उनी लेबनान र सिरियाको भ्रमण सकेर अमेरिका गएका हुन् ।प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै