Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा एकैदिन ३१ सय ८७ सवारी चालक कारवाहीमा

१ भदौ , काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १८७ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९, लेन अनुशासन पालना नगर्ने १२८, रेड लाइटमा सवारी साधन चलाउने ११६, निषेधित क्षेत्रमा हर्न बजाउने १४६ र नम्बर प्लेट देखिने गरी नराख्ने २३ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ५९५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै