Comments Add Comment

Advertisment

SKIP THIS

ब्राउन सुगरसहित जुम्लाबाट २ युवा पक्राउ

२ पुष , काठमाडौं । जुम्ला प्रहरीले (लागुऔषध) व्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित २ युवालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगरसहित २ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए।

तातोपानी गाउँपालिका- ८ घर भई हाल चन्दननाथ नगरपालिका-६ बसपार्कमा कोठा डेरा लिई बस्ने अन्दाजी २० वर्षीय रोशन शाही र चन्दननाथ नगरपालिका-६ बस्ने अन्दाजी २० प्रवीन रावललाई शुक्रवार बिहान १०:३० बजे गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट सादापोसाकमा खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

दुवै जनालाई संगै हिडिरहेको अबस्थामा फेला पारी निज दुबै जना मध्ये पहिला रोशन शाहीलाई कानून बमोजिम खान तलासी गर्दा रोशन शाहीले तल्लो शरीरमा लगाएको ट्राउजरको बायाँ खल्तीमा प्लाष्टिको दुई पुरिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिक हटाई तत्काल मान्यता प्राप्त तराजुले तौल गर्दा ११ मिलिग्राम फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै