Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ जिल्ला साक्षर घोषणा : अझै २२ जिल्ला बाँकी

४ असोज , काठमाडौ । काठमाडौँ जिल्लालाई सोमबार (आज) साक्षर जिल्ला घोषणा गरिएको छ ।

गत भदौ २१ गते काठमाडौँ महानरपालिका साक्षर घोषणा भएसँगै काठमाडौँ जिल्लाका सबै सथानीय तह साक्षर भएपछि जिल्लालाई सोमबार साक्षर घोषणा गरिएको हो । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री बिजय सुवेदीको अध्यक्षतामा काठमाडौँ जिल्लालाई साक्षर घोषणा गरिएको हो । यो सँगै साक्षर जिल्लाको संख्या ५५ पुगेकोे छ ।

सरकारले आर्थिक वर्ष २०६५र०६६ मा १ अर्ब ४ करोड रुपैयाँ बिनियोजन गरेर दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिएको थियो तर हालसम्म पनि साक्षर नेपाल घोषणा भने हुन सकेको छैन ।

तत्कालीन सरकारले निरक्षरता उन्मूलन गर्ने अठोटका साथ ‘अक्षर चिनौँ सभ्य बनौँ’ भन्ने मुल नाराका साथ सारक्ष नेपाल अभियान सञ्चालन गरेको थियो ।

त्यसपछि सरकारले उक्त अभियानलाई हालसम्म निरन्तरता दिइरहेको छ । साक्षर नेपाल बनाउने घोषणा गरेको १३ वर्षसम्म पनि लक्ष्य प्राप्ती नगर्नु आफैमा विडम्बनापूर्ण कुरा हो । साक्षर घोषणा गर्न कै लागि सरकारले हालसम्म ८ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च गरिसकेको छ ।

नेपाललाई साक्षर बनाउन सरकारले हाल २ हजार २५१ वटा सामुदायिक सिकाइ केन्द्र, १२१ वटा खुला विद्यालय, १७१ वटा अनौपचारिक प्रौढ विद्यालयहरुबाट कार्यक्रम सञ्चालन गरिरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

साक्षर हुन बाँकी जिल्ला

हालसम्म प्रदेश २ का कुनै पनि जिल्ला साक्षर हुन सकेका छैनन भने गण्डकी प्रदेशका सबै जिल्ला साक्षर भइसकेको छ । प्रदेश १ को ताप्लेजुङ र सोलुखुम्बु जिल्ला साक्षर हुन बाँकी छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको कपिलबस्तु र बाँके र कर्र्णाली प्रदेशको मुगु, जुम्ला, कालिकोट र पाल्पा जिल्ला साक्षर हुन बाँकी छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ गरी देशभरका जम्मा २२ जिल्ला अझै साक्षर हुन बाँकी रहेका शिक्षा तथा मानवस्रोत विकास केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा प्रमुख नीलकण्ठ ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै