८ जेठ,काठमाडौ । पछिल्लो २४ घण्टामा थप ८ हजार ८४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । निको हुने दर ७५।८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।