Comments Add Comment

Advertisment

SKIP THIS

डाटा रिकभरी सेन्टरमा आगलागी

९ असोज , काठमाडौँ । हेटौंडा उपमहानगर-४ को हुप्रचौरमा रहेको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ ।

प्रहरीका अनुसार सरकारी सूचनाहरु ‘ब्याक-अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टर मै आगलागी भएको हो । आगो निभाउन उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पडि्कएर आगलागी भएको हो । आगलागी भएपछि काठमाडौंमा एक प्रविधिक टोली अवस्था बुझ्न हेटौंडा जाँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै