Comments Add Comment

Advertisment

SKIP THIS

स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

१३ असोज , काठमाडौँ । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको छ । त्यस्तै मकवानपुर नै घर भएका गाडीका सहचालक हरि न्यौपाने घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ । उनको टाउकोमा चोट लागेको छ ।

हिमा गाउँपालिका १ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेत जादै गरेको ट्रक बझाङेखोलामा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment