Comments Add Comment

Advertisment

SKIP THIS

पक्राउ परेका तीन जना हतियार व्यवस्थापक : प्रहरी

१४ असोज , काठमाडौँ । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जना हतियार व्यवस्थापक रहेको प्रहरीले जनाएको छ ।

असोज ४ गते बेलुकी भएको हत्याको घटनामा प्रहरीले दुई जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको छ । ती पक्राउ परेका तीन जना हतियार उपलब्ध गराउने रहेको अपराध महाशाखा प्रमुख जनक भट्टराइले बताएका छन् । उनका अनुसार उनीहरु तीनै जनाले मोहम्मदको हत्याको लागि हतियार व्यवस्थापनमा सघाएका थिए । ती महिला यसअघि पनि लागूऔषधसम्बन्धी मुद्दामा जेल बसेको प्रहरीको भनाइ छ ।

यही असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेर हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै