Comments Add Comment

Advertisment

SKIP THIS

धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु : सात घाइते

१५ असोज , काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

यस दुर्घटनामा सात जना घाइते समेत भएको जिल्‍ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामबहादुर खत्रीले बताए। मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन।

सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताए। दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए। घाइतेमध्ये पाँच जनाको अवस्था जटिल छ। दुईको अवस्था सामान्य छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै