Comments Add Comment

Advertisment

SKIP THIS

अरु दलसँग पनि गठबन्धनको ढोका खोल्ने जसपाको निर्णय

१५ असोज , काठमाडौ । जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।

शनिबार बसेको बैठकले अरु राजनीतिक दलहरुसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको छ । बैठकले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ । प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७र१८ सिट जसपाले पाउने देखिएको छ भने प्रदेशमा मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरुमा एकाध सिट मात्र पाउने सम्भावना छ ।

छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ’ जारी प्रेस नोटमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment