२३ असोज , काठमाडौ । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ६२ अङ्कले उकालो लागेर एक हजार आठ सय ९८ दशमलव ३८ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव ७८ अङ्कले उकालो लागेर तीन सय ७२ दशमलव २१ मा पुगेको छ । कूल दुई सय २४ कम्पनीको २५ लाख ३३ हजार तीन सय ९३ कित्ता शेयर रु ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० मूल्यमा कारोबार भयो ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन नसकेको कारोबारबाट देखिन्छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र उत्पादन उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
नबिल बैंक रु तीन करोड ५१ लाख ९८ हजार चार सय २९, हिमालयन डिस्टिलरी रु दुई करोड ३१ लाख ४४ हजार पाँच सय ७१, अपि पावर कम्पनी रु एक करोड ८९ लाख १७ हजार दुई सय ६९ र शिवम् सिमेन्टको रु एक करोड ७७ लाख ८४ हजार दुई सय ५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक चार दशमलव ४८, आरबीबी म्युचुअल फण्ड एक एक दशमलव ९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम एक दशमलव ९६, सिटिजन म्युचुअल फण्ड एक एक दशमलव ८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले एक दशमलव ८० प्रतिशतले गुमाएका छन् । ख




