२४ असोज , काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् । केही दिनयताको लगातार परेको पानीले गएराति घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको छ ।
कर्णाली प्रदेश प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् । पहिरोमा परी घाइते भएका ५ जनाको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।






