Comments Add Comment

Advertisment

SKIP THIS

ऋचा शर्मा अभिनित फिल्म ‘कौसीद’को प्रदर्शन मिति तय

२४ असोज , काठमाडौं । ऋचा शर्मा अभिनित फिल्म ‘कौसीद’को प्रदर्शन मिति तय भएको छ । पुस १५ गतेलाई नयाँ रिलिज मिति तोकेका हुन् ।

निर्माता केदार भुसालले वितरक र अन्य फिल्मको परिस्थितिलाई हेरेर उपयुक्त मिति तय गरिएको जनाए । फिल्मले ऋणको चपेटामा परेको पात्रको कष्टकर जीवन भोगाइको कथा पेस गर्छ ।

फिल्ममा भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराईको समेत अभिनय छ । नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको लेखन रहेको फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । फिल्मलाई कुमार भाष्करले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै