Comments Add Comment

Advertisment

SKIP THIS

भोलाले बनाए हास्य सिरियल ‘ख्याल ख्यालमा’

१ कार्तिक , काठमाडौं । रंग पत्रकार तथा नाट्यकर्मी भोला अधिकारीको लेखन तथा निर्देशनमा हास्य सिरियल ‘ख्याल ख्यालमा’ निर्माण भएको छ । समसामयिक विषयवस्तुलाई व्यङ्ग्यात्मक शैलीबाट सिरियल प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए । अरु बेला नेताले गाउँ विर्सने तर, चुनावको समयमा गाउँ पस्ने कुरालाई व्यङ्ग्यात्मक रुपमा समेत सिरियलमा देखाउन खोजिएको अधिकारीको भनाइ छ ।

यस अघि ‘तितो पिरो’ समेत निर्देशन गरेका भोलाको यो सिरियलमा ‘ज्ञानेन्द्र कोइराला, राजेन्द्र गिरी, रमा दाहाल, भोला अधिकारी, गीतु पराजुली, अर्जुन घिमिरे, नेहा नेपाली, अक्कल कार्की, हरिचन्द्र राई, विवेक अधिकारी, मनिष कोइराला लगायतको अभिनय छ ।

समिर राईको छायांकन र ज्ञानेन्द्र कोइरालाकै सम्पादन रहेको सिरियलको व्यवस्थापन सिरियल एक वर्ष अघि नै निर्माण भएको थियो । विभिन्न कारणले प्रदर्शन हुन नसकेको सिरियल युट्युव मार्फत सार्वजनिक गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै