Comments Add Comment

Advertisment

SKIP THIS

उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

५ कात्तिक , काठमाडौ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूलाई आज (शनिबार) सम्म निर्वाचन खर्च बुझाउन समय दिएको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचनको खर्च विवरण नबुझाएका तर आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकको बन्द सूचीमा परेका उम्मेदवारलाई शनिबारसम्म खर्च विवरण बुझाउन आयोगले समय दिएको हो ।

शनिबारसम्मको अन्तिम समयसम्म तोकिएको जरिवाना नबुझाए आयोगले समानुपातिकबाट नाम हटाउने चेतावनी समेत दिएको छ । आयोगले समानुपातिक बन्दसूचीमा रहेका ४ सय ३९ जना उम्मेदवारलाई जरिवाना बुझाउन यसअघि नै सूचना समेत जारी गरेको थियो ।

उम्मेदवारले शनिबार दिनभर सम्बन्धित कार्यालयमा जरिवाना रकम बुझाउन सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै