Comments Add Comment

Advertisment

SKIP THIS

फर्मालिन छर्किएको २० क्विन्टल माछा बरामद

८ कार्तिक , काठमाडौँ । भारतबाट भित्र्याइएको २० क्विन्टल अवैध माछा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार भारतबाट फर्मालिन ( माछा ताजा देखाउन राखिने औषधि) राखेर ल्याइएको माछा बरामद भएको हो । फार्मालिन राखेको माछा विषाक्त मानिन्छ ।

पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिकामा रहेको क्वारेन्टाइनबाट कात्तिक ६ गते बनाइएको कागजातमा काठमाडौं कालीमाटी लैजाने भनिएको छ । प्रतापपुरबाट ल्याएको भनिएको माछाको कागजात नक्क्ली देखिएको छ ।

ट्रकबाट काठमाडौं कालीमाटी लैजाँदै गरेको माछा प्रहरीले बरामद गरेको हो । माछामा दुर्गन्ध आइसकेको प्रहरीको भनाइ छ । भारतबाट ल्याइने माछा नेपालको भन्दै ढाँटेर बेच्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

एयरपोर्ट बाहिरबाट बरामद सुन पगालिँदै

Advertisment

छुटाउनुभयो कि? सबै

एयरपोर्ट बाहिरबाट बरामद सुन पगालिँदै