हाल धेरै चर्चाको विषय बनेको भुटानी शरणार्थी प्रकरणमा नेपाल सरकारको चासोको विषयकावारेमा चर्चा गरिएता पनि पहिला अमेरिका पठाइएका नक्कली (भुटानी) नेपाली सरणार्थीबाट पोल खोलिएबाट नै अमेरिकाको चासो बढेर यस मामलामा अगाडि बढ्न सरकार बाध्य भयो भनेर विभिन्न सामाजिक संजालमा चर्चा परिचर्चा गरिएता पनि नेपाल सरकारको आधिकारिक निकाएद्वारा यो भुटानी सरणार्थी प्रकरणवारे निष्पक्ष छानविन गरियोस भन्ने आम नागिरकको चाहना छ । यसै सन्दर्भमा मंगलवाको कान्तिपुरमा महेन्द्र पि लामा लेख्छन ” ड्रग खानेले आफ्नो पार्ट्नर पाएजस्तै भ्रष्टाचारीले पनि साथी पाइहाल्दो रहेछ जसरी खोलाको पानीले उक्लिने किनारा पाएजस्तै ।” त्यस्तै मुमाराम खनाल लेख्छन ” लामो समयदेखि चर्चा हुँदै आएको नीतिगत भ्रष्टाचार , राज्यदोहन र बेथितिलाई केवल सुशासन,पारदर्शिता, जवाफदेहीसम्म सीमित गरेर विश्लेषण हुँदै आएको थियो । तर राजनीतिक दलहरु र राज्यब्यबस्थाको संस्थागत पतनको गहिराई यो स्तरसम्म पुगिसकेको आकलन गरिएको थिएन ।”
वास्तवमा नेपालमा नीतिगत भ्रष्टाचारमा लिप्त दलहरुका केही अमुक नेताहरु र तिनीहरुबाट पालित पोषीत केही जिम्मेवार कर्मचारीहरुले नै लिनुपर्छ यसको जिम्मेवारी । अन्यथा निरीह जनताले कहिले सम्म खेप्ने यो पापको भारी ? अब त अति भो भनेर आज प्रत्येक बाटाघाटा, चिया दोकान तथा खेतवारीमासमेत भ्रष्टाचारीको जरो उखेल्नु पर्छ भन्दै सर्वसाधारण जनताको आक्रोश थामी नसक्नुको छ । देश भित्र त दुर्गन्धित भयो भयो यो सिनो बाहिरी देशको पनि चासो हुंदा हामी जनताले यसको गन्धको भारी कहिलेसम्म बोक्ने ?
यसरी भ्रस्टाचारको दलदलमा फंसेका केही दलहरु जसले सत्ता सम्हाल्दै जांदा अझै सार्वजनिक मंचमा हामी यसको निर्मुल गर्छौ भन्नू र हुटिट्याउले आकास धान्छु भन्नुमा केही फरक प्रसंग होला र ? अब त नेपालको हरेक मामलामा उकास्ने, बिगार्ने, भत्काउने, लुट्ने, फुटाउने, जुधाउने, यहांको भ्रष्टाचारको फाइल हेर्नमासमेत उनै बिदेशी पाहुनाहरुको देन भएकै हो त ? उसो भए यी अमुक पात्रहरु जो देशको उच्च ओहोदामा बसेर आफू, आफ्ना र आफन्तलाई उकास्नेबाहेक केही गरेनन भने के अवको बिकल्प यो क्यान्सर रोग बिरुद्व जनता सडकमा उतृन बाध्य हुने हुन त ? यसरी भ्रष्टाचारको दलदलमा फँसेका दलहरुका केही नेताहरु “चाहे जोसुकै हुन ” लाई यो, उ नभनिकन सक्दो कारवाहीको दायरामा ल्याउनै पर्छ । अन्यथा यो दलदल झन भासिने अवस्थामा पुग्न सक्छ ।
खिमराज गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
३
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
४
५
तारकेश्वरमा The Uncounted Youths र Anahata Nepal को संयुक्त युवा अन्तरक्रिया सम्पन्न
२०८३ बैसाख २६ गते , शनिबार
६
तारकेश्वरकी महिलाको शव शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला, हत्या स्वीकार्दै आरोपी पक्राउ
२०८३ बैसाख २२ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment


