Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको १२ लाख नगदसहित एक जना पक्राउ

काठमाडौं , स्रोत नखुलेको साढे १२ लाख नगदसहित एक जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-२२ प्युखाँबाट स्रोत नखुलेको १२ लाख ५० हजार नगदसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

ललितपुरको गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै