Comments Add Comment

Advertisment

SKIP THIS

अनुमति नलिइ ड्रोनको प्रयोग गरे कडा कारबाही गर्ने चेतावनी

११ कार्तिक , काठमाडौँ । सरकारले ड्रोनको प्रयोगमा थप कडाइ गर्ने संकेत गरेको छ ।

दुई केजीभन्दा माथि तौल भएका ड्रोन प्रयोग गर्नु परे अब गृह मन्त्रालयसँग अनुमति लिनु पर्ने भएको छ । मन्त्रालयले अनुमति नलिइ ड्रोनको प्रयोग गरे कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

“अति आवश्यक प्रयोजनका लागि त्यस्ता उपकरण प्रयोग गर्नु परेमा २ के.जी. तौलसम्मका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र सो भन्दा माथिको हकमा गृह मन्त्रालयबाट अनुमति लिने व्यवस्था उडान सम्बन्धी कार्यविधि, २०७५ ले गरेको हुँदा सोही बमोजिम अनुमति लिनु हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ,” गृह मन्त्रालयले केही समय अगाडि जारी गरेको सूचनामा भनेको छ, “उल्लिखित कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानुन बमोजिम कारबाही हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै