१२ कार्तिक , काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा सबै महिलालाई नि:शुल्क गुणस्तरीय स्यानेटरी प्याडको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
आज (शनिबार) आगामी मंसिर ४ गते हुने आम निर्वाचनको घोषणा पत्र सर्वजनिक गर्दै सत्तारुढ दल कांग्रेसले महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै आगामी पाँच वर्षमा निशुल्क स्यानेटरी प्याडको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको हो ।
त्यसैगरी कांग्रेसले ३ वर्ष मुनीका बालबालिका र ७३ वर्ष माथीका जेष्ठ नागरिकलाई निशुल्क उपचारको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । स्वास्थ्यको क्षेत्रमा सबै स्थानिय तहमा स्थरिय स्वास्य संस्थाको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कांग्रेसले नसर्ने रोगबाट हुने मृत्युदर एक तिहाइ कम गराउने घोषणा पत्रमा उल्लेख गरेको छ । नेपालकाे औसत आयु ७३ वर्ष
पुर्याउने र मातृ मृत्युदर ८० प्रतिशत कम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचः सवैलाई स्वास्थ्य बिमा, सवल स्वास्थ्य प्रणाली लागु गर्ने घोषणा पत्रमा उल्लेख छ ।
कांग्रेसले ६५ वष माथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयम सेविकालाई निःशुल्क बिमा गरिने जनाएको छ ।
एकीकृत स्वास्थ्य पुर्वाधार मापदण्ड अनुरुप पाँच वर्ष भित्र स्वास्थ्य संस्था नभएका २६०० वडामा आधारभुत स्वास्थ्य केन्द्र, सबै गाउँ–नगरपालिकामा विशेषज्ञ चिकित्सक सहितको प्राथमिक अस्पताल, सवै उपमहानगरपालिका र महानगरपालिकामा विशषज्ञ सबै वडामा सुविधासहितको अस्पताल सवो चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।







