Comments Add Comment

Advertisment

SKIP THIS

कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु

१२ कार्तिक , काठमाडौं । कालीकोटमा शनिबार बिहान बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् ।

स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

बालबालिका खेलिरहेको अवस्थामा बम विस्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको डीएसपी रिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु