Comments Add Comment

Advertisment

SKIP THIS

दार्चुला घटनाबारे ओलीले मागे प्रधानमन्त्री देउवासँग जवाफ

१२ कार्तिक , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ मागेका छ ।

आज सामाजिक संजालमा पवन महराको मृत्युबारे दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले भारतद्वारा नेपालमाथि हुने गरेका विगतका घटनामा जस्तै प्रधानमन्त्री देउवा यसपटक पनि मौन रहेको बताएका छन ।

उनले प्रधानमन्त्री देउवामाथि प्रश्न गर्दै भनेका छन,‘घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन,दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको थियो । गत वर्ष महाकालीमाथिको तुइनबाट खसेर जयसिंह धामी बेपत्ता भएका थिए । उक्त तुइन भारतीय एसएसबीले काटेको प्रत्यक्षदर्शीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै