Comments Add Comment

Advertisment

SKIP THIS

थप २९ जनामा कोरोना संक्रमण पुष्टि

१५ कार्तिक , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ६ सय १९ पिसिआर परीक्षणका क्रममा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै