Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा ५६.११ अंकको वृद्धि

१५ कार्तिक , काठमाडौं । सेयर बजार मंगलबार पनि उकालो लागेको छ । सोमबार १६.३९ अंकले बढेको सेयर बजार मंगलबार पनि सुधारिँदै ५६.११ अंकले वृद्धि भएको हो । मंगलबार नेप्से परिसूचकमा ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेर रोकिएको छ ।

क वर्गको सेन्सेटिभ इन्डेक्स मा ३ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेको हो । साथै, १८६ कम्पनीको कारोबार भएको छ, जस्मा १८१ कम्पनीको मूल्य बढ्दा जम्मा ३ कम्पनीको मूल्य घटेको छ र २ कम्पनी स्थिर रहेको छ ।

कूल १८६ वटा कम्पनीमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ । सबै कम्पनीहरूमा वृद्धि भएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा १८२.३४ अंकले वृद्धि भएको हो ।

साथै, जीवन बिमा १७३.३८, होटल तथा पर्यटन ५४.७६, बैकिङ २९.५४, फाइनान्समा ८१.७, हाइड्रो पावरमा ८३.७३, माइक्रो फाइनान्समा ९१.९७ र अन्य ७०.१ ले वृद्धि भएको छ । न्यादी हाइड्रो पावरको सेयर मूल्य २६.२० र यूनिभर्सल पावर कम्पनी १८.०० ले बढेको छ ।

एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख ६० हजार बढिको कारोबार भएको छ भने नबिल बैंकको ५ करोड ९२ लाख ७० हजारको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै