Comments Add Comment

Advertisment

SKIP THIS

हुण्डी काराेबारी जितेन्द्र शाहको सेटिङमा आफ्नै साथीको एक करोड असी लाख रुपैया लुटपाट

काठमाडौं , वितेकाे एक महिना अगाडि काठमाडौमा कुनै एक व्यक्तिको एक करोड असी लाख रुपैया लुटपाट भयो । उक्त रकम हुण्डी काराेबारी भारतीय नागरिकको थियो । काठमाडौ प्रहरी परिसर मातहतका प्रहरी र नेपाली हुण्डी काराेबारी जितेन्द्र साहकाे याेजना र सेटिङमा उक्त रकम लुटपाट भई गुपचुप पारियो । साे घटनाको सुइकाे कसैलाई दिइएन ।                                                                       

भारत बाट आफ्नो हुण्डीकाे रकम उठाउन नेपाल आएका भारतीय नागरिकलाई कालिमाटी बाट अपहरण शैलीमा नियन्त्रणमा लिई त्यहिकाे कुनै हाेटलमा लगि उक्त रकम प्रहरीको सिधा संलग्नता लुटपाट भएको थियोे । याे विषयमा कम्तीमा एक दर्जन नेपाली हुण्डी काराेबारी र नेपाल प्रहरीको (नाम अहिले गाेप्य) सहित घुमुवा प्रहरीको संलग्नता रहेको छ । उक्त घटनाको बारेमा हामीलाई प्राप्त केही महत्त्वपूर्ण प्रमाण तथा आधारहरुलाई केलाउदा उक्त घटनामा नेपाल प्रहरीकाे पनि संलग्नता रहेको पुष्टि हुन्छ । यसको नाइके फलफूल मण्डिका व्यापारी जितेन्द्र साह भएको पुष्टि हुन्छ ।                                                                                     

भारतीय नागरिकलाई नियाेजित रुपमा नेपाल बाेलाई भारतमा जम्मा गर्न लगाएको हुण्डीकाे रकम यता दिने क्रममा साे रकम लुटपाट भएको हाे । याे घटना प्रहरीको कुनै पनि निकायमा वा इकाईमा रेकर्डमा रहेको छैन ।उक्त रकम प्रहरी र जितेन्द्र साह लगाएतकाे टाेलीले बाडेर खाएको स्रोत बताउँछ ।

हामीलाई प्राप्त स्रोतका अनुसार यसको तयारीका लागि नेपाली हुण्डी काराेबारी जितेन्द्र साह र प्रहरी बिच पटकपटक कालिमाटी , दरबारमार्ग,नक्सालकाे हाेटल मेरियट लगाएतमा याेजना बैठक बसेकाे थियोे । यस घटनाका नाइके एक डिएसपी र जितेन्द्रकाे उक्त कर्तुत बारे हामी विस्तृत खाेज रिपोर्ट चाँडै सार्वजनिक गर्दै छा‌ै । नेपाल प्रहरीको सिआइवि र अपराध महाशाखाको प्रतिक्रिया पछि विस्तृत रिपोर्ट तयार हुनेछ ।                                                                                     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै