Comments Add Comment

Advertisment

SKIP THIS

वीरगन्जमा कन्टेनरको ठक्करबाट एक जना भारतीयको मृत्यु

१८ कात्तिक, काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–२५ मा हिजो साँझ कन्टेनरले किचेर घाइते भएका पुरुषको मृत्यु भएको छ।

हिजो साँझ साढे ६ बजे भारतीय नागरिक ३० बर्षीय अशोक यादबलाई भारतीय नम्बरको कन्टेनरले ब्याक गर्ने क्रममा किचेको थियो।

विरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा यादबको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न कन्टेनर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै