१९ कार्तिक , काठमाडौँ । आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन लिने प्रणाली बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको छ । सूचना भनिएको छ, ‘अर्काे सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ ।’
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेको सरकारको दाबी छ । विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने उल्लेख गरेको छैन ।


