Comments Add Comment

भन्सार छलि ल्याउँदै गरेका विभिन्न ब्राण्डका अवैध मदिरा सहित पक्राउ

६ मंसिर , काठमाडौं । अवैध रूपमा भारतबाट भन्सार छलि ल्याउँदै गरेको करिब ५ लाख ६५ हजार रुपैयाँ बराबरको बिभिन्न ब्राण्डका मदिरा सहित बिर्तामोड नगरपालिका-३ घर भएका २६ वर्षीय जिवन दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न प्रकारका ब्राण्डेड मदिरा अवैध रुपमा भारतबाट भन्सार छली कोठामा ल्याई बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मदिरा जेडी २१ थान, डबल बल्याक २१ थान , भोडका १८ थान र जेगा मास्टर १७ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गारिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै