जुनै परिश्थितीमा पनि म तयार छु
जुन तिमी साँझमा मधुर बन्
तिमीसगै आशुँ बगाँउन तयार छु
जुन तिमीसगै सपना बनाँउन तयार छु।।
हरेक मृत्यु मेरा अगाडी आएर
मेरो स्वभाब लुटन खोज्छ
आमा तिमी आउन मसगै
काखमा बिहानी राख्न मन छ।।
हरेक राँतहरू मेरा अगाडी आएर
ममा नयाँ जिम्मेवारी दिएर जान्छ
बाबा तिमी पनि आउन मसगै
काँधमा काँध मिलाएर राख्न मन छ।।
हरेक दिन मेरा अगाडी जीवन
मलाई स्वभाव सीकाउन खोज्छ
मित्रहरू तिनीहरू आउन् मसँग
मलाई समाजमा स्वभाव मिलाउनु छ।।
परिश्थितीहरूले मलाई घरिघरि
अनेकन् अवयवहरू देखाँउछन
ममात्र यन्त्रवत भईदिन्छु उस्तै
मानौं म निमित्त हुँ मात्र निमित्त।।
दुख्दा दुख्दा दुखाई बानी भैसक्यो
रूदाँ रूदाँ आखाँहरू साथी भैसके
हातहरू माथि आफ्नै कथाहरू बनिसक्यो
निमित्त साक्षी छु म हरेक यात्राहहरूमा।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।







