Comments Add Comment

Advertisment

SKIP THIS

रोल्पामा कांग्रेसलाई जिताउने माओवादीको जिम्मा

२० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले ओली तन्त्रबाट देशलाई मुक्ति गर्न वर्तमान गठबन्धन बनेको बताएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै उनले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने समेत बताए । उनले अहिलेको निर्वाचन प्रणालीले कुनै एक दललाई बहुमत नदिने भन्दै पाँच वर्षसम्म गठबन्धन कायम रहने बताएका हुन् ।

नेता पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत काम गर्दै न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको उनको आरोप छ ।

उनले विगतका विचार मिल्ने वामपन्थी दलसँग चुनावी तालमेल र एकीकरण गएर गएपनि लक्ष्यअनुसार काम नभएकाले अहिले कोर्ष करेक्सन गरिएको उनको भनाइ छ । रोल्पाका ३० वर्षमा कांग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हालतमा सहयोग नहुने बताए ।

रोल्पाको प्रदेश (ख)मा माओवादी केन्द्रका दीपेन्द्र पुन (सिजल) बागी उम्मेदवार छन् । सो प्रदेशमा कांग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । राजनीतिमा भित्री र बाहिरी कुरा नहुने भन्दै पुनले कांग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिएको बताए ।

‘कांग्रेस र माओवादी युद्धका बेला रोल्पामा लडेका हौं । तर शान्तिका लागि पनि रोल्पालाई मोडल बनाएका छौं’ उनले भने, ‘शान्ति प्रक्रियापछि एउटा पनि अप्रिय घटना भएको छैन । आपसमा मेलमिलाप गरेका छौं । रोल्पालाई अब मेलमिलापको केन्द्रका रुपमा परिचित गराउन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै