Comments Add Comment

Advertisment

SKIP THIS

भैरहवामा मण्डप बनाउने तीन दलकाे प्रतिबद्धता

२० कात्तिक, काठमाडौं । नेकपा एमाले, जसपा र राप्रपाका उम्मेदवारहरूले भैरहवा विकासका लागि भैरहवा मण्डप बनाउने प्रतिबद्धता जनाएका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमाले, राप्रपा र जसपाका तीन दलका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारहरूले पूर्वाधार निर्माण र विकासमा साझा प्रतिबद्धता व्यक्त गर्दै उद्योग व्यापार र प्रदर्शनीका लागि भैरहवामा सदैब अप्ठ्यारो आएको हुनाले भैरहवा मण्डपको व्यवस्था गरिने बताएका हुन् ।

राप्रपा, एमाले र जसपाका प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार तथा राप्रपाका वरिष्ठ नेता तथा पूर्व मन्त्री दीपक बोहराले भैरहवामा प्रदर्शनी हुँदै सधैँ भाडामा जग्गा खोज्नुपर्ने समस्या अब हट्ने बताउँदै उद्योगी, व्यापारीका लागि आफ्नो सामान प्रदर्शनी गर्ने उपयुक्त ठाउँको व्यवस्था गरिने बताए ।

हाल सञ्चालनमा रहेका तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्धसम्बन्धी अवधारणा, बुटवल बेलहिया ६ लेन सडकमा आवश्यकताअनुसार आकाशे पुल र अण्डर पासको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै