२२ कात्तिक , काठमाडौ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा शहर र गाउँघरमा प्रचारप्रसारले तीब्रता पाएको छ । देश चुनावमय हुँदा अधिकांश उम्मेदवारहरु गाउँघर केन्द्रित बनेका छन् । यसैबीच नुवाकोट जिल्लामा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।
नुवाकोटमा ४ दलीय गठबन्धन र (नेकपा –एमाले)बीच रोमाञ्चक प्रतिस्पर्दा हुने देखिएको छ । विगतको भन्दा अहिलेको निर्वाचन फरक हुने आकंलन गर्न सकिन्छ । फरक यस अर्थमा हुनेछ कि स्वतन्त्र उम्मेदवारहरुको लहर अनि विचार र सिद्धान्त नै नमिल्ने पार्टीको साझा गठबन्धन । त्यसमा पनि तल्लो तहसम्मको पार्टीको कार्यकर्ताहरुको विचलनले के संकेत गर्छ भने मतदाताको मत कहाँ खस्छ रु भन्ने अनुमान लगाउन मुस्किल छ ।
यसैबीच अन्य पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुको तुलनामा जिल्लामा गठबन्धन बलियो देखिएको छ । गठबन्धन दलका शत–प्रतिशत मत गठबन्धन दलका उम्मेदवारलाई खसे जित सुनिश्चित जस्तै छ । तर, असन्तुष्ट कार्यकर्ताको मत तित्तरवित्तर हुने निश्चित जस्तै छ । जसको बाबजुदपनि गठबन्धनका साझा उम्मेदवारको केही मत अन्य उम्मेदवारहरुलाई परेपनि खासै फरक नपर्ने आँकलन गरिएको छ ।
यही अकं गणितमा गठबन्धनका साझा उम्मेदवार ढुक्क जस्तै देखिएका छन् । नुवाकोट दुई वटा निर्वाचन क्षेत्र भएको जिल्ला हो । क्षेत्र नं। १ मा प्रत्यक्षमा गठबन्धनको साझा उम्मेदार माओवादी केन्द्रका हितबहादुर तामाङ्ग र प्रदेश सभातर्फ नेपाली काग्रेसका युवा नेता रमेश कुमार महत तथा प्रदेश सभा सदस्य २ मा माओवादी केन्द्रकी युवा नेतृ राधिका तामाङ्ग चुनाबी मैदानमा छन् । यता नेकपा एमालेको तर्फबाट प्रत्यक्षमा बद्री मैनाली र प्रदेश सभा सदस्य १ मा पूर्णलाल श्रेष्ठ र प्रदेश सभा सदस्य २ मा शुशील खडका रहेका छन् ।
क्षेत्र न २ मा प्रत्यक्षमा नारायण खतिवडा, प्रदेश १ मा केशब पाण्डे र प्रदेश २ मा विजय सिहं लोप्चन चुनाबी दौडमा रहेका छन् । क्षेत्र नं. २ मा गठबन्धनका साझा उम्मेदार नेपाली कांग्रेसका प्रभावशाली बौद्धिक नेता अर्जुन नर्सिङ्ग केसी प्रत्यक्षमा र प्रदेशमा माओवादीका राम प्रसाद ढुङ्गाना र नेपाली काग्रेसका युवा नेता बहादुर सिंह लामा चुनाबी मैदानमा छन् ।
नुवाकोटका दुवै क्षेत्रमा गठबन्धन र एमालेबीच नै रोचक प्रतिस्पर्दा हुने देखिएको छ । गठबन्धनका साझा उम्मेदार नेपाली कांग्रेसका अनुभवी र जनप्रिय नेताको छबि बनाएका अर्जुन नसिङ्ग केसीको प्रत्क्षयतर्फ क्षेत्र नं। २ मा जित सुनिश्चत जस्तै छ । ब्यक्तिगत रुपमा पनि लोकप्रिय नेताको रुपमा चिरपरिचित केसीको यो निर्वाचन नै अन्तिम निर्वाचन हो ।
यसबारे उनी आफैले मतदाताहरुलाई बताइसकेका छन् । बिकसित र समृद्ध नुवाकोट बनाउन केसीको अझैँ खाँचो रहेको नुवाकोटबासीको भनाइ छ । गठबन्धनको टिम नै विजय हुने सकंल्प बोकेर जनताको घर दैलोमा पुगेका नेताहरुको जित पक्कापक्की जस्तै भएको जनताको उत्साहपूर्ण भेलाले देखाएको नेका नेता बहादुर सिहं लामाले बताए ।
त्यसै गरी क्षेत्र न १ मा पनि गठबन्धनका साझा उम्मेदवार हित बहादुर तामाङ्ग माओवादी केन्द्रका पुराना नेता हुन् । उनी २०७४ मा पनि निर्वाचित सांसद हुन् । प्रदेश १ मा नेपाली काग्रेसका युवा नेता रमेश कुमार महत चुनाबी रेशमा छन् । उनी नुवाकोट जिल्लाको निर्वाचित जिल्ला पार्टी सभापति पनि हुन् । यस क्षेत्रको बिकास र समृद्धिको लागि अनि युवाहरुको राजनीतिक भविश्यका लागि पनि रमेश कुमार महतलाई जिताउनुपर्ने मतदाताहरुको भनाइ छ ।






