Comments Add Comment

Advertisment

SKIP THIS

गायक खुमन अधिकारीलाई पितृशोक

२३ कात्तिक , काठमाडौ । गायक खुमन अधिकारीलाई पितृशोक परेको छ ।

गायक अधिकारीका बुवा मुक्तिराम अधिकारीको मंगलबार राती निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ८१ वर्षीय अधिकारी लामो समयदेखि बिरामी थिए ।

केही समयअघि काठमाडौंमै उपचार गराईरहेका अधिकारीको स्वास्थ्यमा सुधार आएपछि स्याङ्जाको गुरुङ्दीस्थित घरमा लगिएको थियो । तर, मंगलबार बिहानदेखि एक्कासी स्वास्थ्य अवस्था बिग्रिएका अधिकारीको राती निधन भएको गायक अधिकारीले जनाएका छन् ।

स्वर्गीय मुक्तिराम अधिकारीका दुई छोरा र दुई छोरी छन् । गायक अधिकारी कान्छा छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै