२३ कात्तिक , काठमाडौ । एक जना युबतिले आफुलाइ जागिरबाट हटाएपछि आफ्नै सहकर्मि विरुद्ध जबरजस्तीकरणिमा प्रहरीमा जाहेरी दिएको खुलेको छ ।
केही दिन अघि जिल्ला प्रहरी कार्यालय दाङले जबरजस्तीकरणिमा एक जनालाई पक्राउ गरेको सार्बजनिक गरेको थियो । घोराहीको गोरखा हस्पिटलमा कार्यरत दुबै जनाले आपसमा भनाभन गर्नुका साथै बिबाद गरेपछि युबतिले पुरुष विरुद्ध मुद्धा हाल्ने गरि जबर्जस्ति करणिमा जाहेरी लिएर प्रहरी समक्ष पुगेकी थिइन । युबतिले जाहेरी हालेपछि प्रहरीले शुक्रबार नै घोराहीबाट केशब धिताललाई पक्राउ गरेको थियो । प्रहरीले धिताललाई नियन्त्रणमा लिएर अनुसन्धान गर्यो ।
तर, घटनाको अनुसन्धान गर्दै जादा जिल्ला प्रहरी कार्यालय दाङले जागिरबाट युबतिलाई अस्पताल ब्यबस्थापन समितिले हटाएपछि युबतिले आपसी बिबाद र भनाभन भए लगत्तै धिताल विरुद्ध जाहेरी लिएर आएको रहष्य खुलेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका एसपी बिरबहादुर ओलिले अस्पतालले जागीरबाट हटाएकाले युबतिले जाहेरी प्रहरीमा हालेको अनुसन्धानबाट खुलेपछि जाहेरी दर्ता नभएको बताए । दुबै जना बिच भनाभन र बिबाद भएको देखिन आएको र त्यसकै आधारमा अस्पतालले दुबै जनालाइ शंका गर्दै युबतिलाई जागिरबाट निकालेपछि उनी रिस र आबेगमा आएर जबरजस्तीकरणिमा जाहेरी लिएर आएको अनुसन्धानबाट देखिन आएको एसपि ओलिले बताए ।
कसैलाई फसाउने नियतले हालीएका जाहेरी प्रहरीले दर्ता नगर्ने र कसैले भनेकै भरमा मुद्धा दर्ता नहुने उनले स्पष्ट पारे । बलात्कार जस्तो जघण्य अपराधमा जाहेरी आएपछि त्यसको आरोपमा घटनाको संबेदनसिलता हेर्दै नियन्त्रणमा लिई घटना अनुसन्धान हुने गरेको भन्दै कसैले भनेकै र जाहेरी लिएर आएकै भरमा मुद्धा दर्ता गर्न नहुने र घटनाको अनुसन्धान, तथ्य र प्रमाणको आधारमा मुद्धा दर्ता हुने उनको भनाई छ ।
सोही कुराको आधारमा धितालको हकमा अनुसन्धान गर्दा कुनै तथ्य प्रमाण भन्दा पनि रिस र आबेगमा आई जबरजस्तिकरणिमा जाहेरी हालीएको अनुसन्धानबाट खुलेपछि मुद्धा दर्ता नगरेर अनुसन्धानका लागि पक्राउ परेका धिताल छुटेको एसपि ओलिको भनाई छ । उनले घटना दोषि नछुटोस, निर्दोष नफसोस प्रहरीको मान्यता रहेकाले नाबालीकको हकमा भने कसैले छुटकरा नपाउने भन्दै कुनै पनि युबतिले योजनाबद्ध, नियोजितरुपमा फसाउने जाहेरी ल्याउदैमा अनुसन्धान नगरेर मुद्धा दर्ता नहुने स्पष्ट पारे ।
केशब र युवती गोरखा हस्पिटलको इमरजेन्सिमा कार्यरत अहेब कर्मचारी हुन । तर, प्रहरीले झुटो जाहेरी दिने रुकुम घर भई घोराही बस्दै आएकि युबतीलाई पनि कारबाही गरेन । अस्पतालले प्रहरीमा जाहेरी परेपछि दुबै जनालाई जागिरबाट हटाइसकेको जनाएको छ । यसैबीच आफ्नो नाम जोडेर आएको समाचार हटाउन आग्रह गर्दै पिडित धितालले उक्त घटना जबरजस्तिकरणि नभई ब्यक्तिगत झै झगडा भएको र आफुहरुको बिचमा मिलापत्र भइसकेको बताए ।