पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प -
Comments Add Comment

पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प

२६ कात्तिक , काठमाडौ । पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो । कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । यसअघि गत २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीनवटा भूकम्प गएका थिए । त्यसमध्ये एक ६.६ म्याग्निच्युडको रहेको छ । भूकम्पमा मानवीय क्षति समेत भएको थियो ।

पश्चिम नेपालमा लामो समय ठूलो भूकम्प नगएका कारण भूकम्पको ठुलो जोखिम रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds