Comments Add Comment

Advertisment

SKIP THIS

चितवन–२ का गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

३० कार्तिक , काठमाडौँ । चितवन–२ का सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । बुधबार बिहान भरतपुरमा रोकिराखेको अवस्थामा श्रेष्ठको गाडी अज्ञात समूहले तोडफोड गरेका हुन् ।

नेता श्रेष्ठले चुनावी अभियानमा चढ्दै आएको बा ३ च २०४० नम्बरको गाडीको सिसा फुटेको छ । प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन जनाले ढुंगा हानेर गाडीका सिसा फुटाएका थिए ।

भरतपुर महानगरपालिका वडा नम्बर १० मा भएको चुनावी घरदैलो र कोणसभाका लागि श्रेष्ठ सहभागी भइरहेको अवस्थामा पार्किङ राखिएको गाडी तोडफोड गरिएको प्रहरीले जनाएको छ । गाडी कसले तोडफोड गर्यो भने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै