Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरी जिल्लाका मतदान स्थलहरूको अनुगमन

३० कार्तिक , काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई भएरहित र निष्पक्ष सम्पन्न गराउने उदेश्यले सुनसरी जिल्लाका सिमावर्ती क्षेत्रका मतदान स्थलहरुको निरीक्षण तथा अनुगमन भएको छ ।

प्रदेश न. १ का निमित्त प्रमुख सचिव श्री किशोर कुमार चौधरी , आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव श्री उमेश बस्नेत, नेपाली सेनाका सहायक रथी रन्जीत थापा, १ न. प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरिक्षक श्री सुदिप गिरी, शसस्त्र नायव महानिरिक्षक श्री कमल गिरी, अनुसन्धान निर्देशन श्री कृष्ण प्रसाद खनाल , सुनसरी जिल्लाका प्रमुख निर्वाचन अधिकृत, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुनसरी जिल्लाका प्रहरी प्रमुख सहितको टोलीले सुनसरी जिल्लाका सिमावर्ती क्षेत्रका मतदान स्थलहरुको निरीक्षण तथा अनुगमन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रदेश निर्वाचन कमाण्ड पोष्टद्वारा सुनसरीका प्रमुख निर्वाचन अधिकृत लगायतका टोलीसंग छलफल तथा अन्तकृया पश्चात् निमित्त प्रदेश सचिव तथा प्रमुख निर्वाचन अधिकृत सहितको टोलीले सुनसरी जिल्लाका सिमावर्ती क्षेत्रमा पर्ने कोशी गाउपालिका, भोक्राहा नरसिंह गाउपालिका, देवानगञ्ज गाउपालिका, हरिनगरा गाउपालिका र दुहवी नगरपालिकाकामा रहेका मतदान स्थलहरुको निरीक्षण तथा अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै