Comments Add Comment

Advertisment

SKIP THIS

गठबन्धनका उम्मेदवार जिताउनुस्, समृद्धि दिलाउँछौं: महामन्त्री विश्वप्रकाश शर्मा

१ मंसिर , काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

भद्रपुर नगरपालिका–१० स्थित वीपी चोकमा बुधबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताए मात्र विकासको सही अनुभूति हुने खालका काम हुने बताए।

‘कागजमा हेर्दा वा कानले सुन्दा आनन्द हुने विकास होइन, हामी आँखाले देख्ने गरीको विकास गरेर देशको समृद्धि दिलाउँछौँ,’ उनले भने । नेपाली नागरिकलाई सुखी, खुसी र समृद्धिको यात्रामा लैजान आफ्नो उम्मेदवारी रहेकाले जिताउन उनले आग्रह गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै