जनताको प्रश्न ? -
Comments Add Comment

जनताको प्रश्न ?

१ मंसिर , काठमाडौं । बिहीवारको कान्तिपुर दैनिकमा एमाले अध्यक्ष केपी ओलीको अन्तर्वार्ताको हेडलाइन छ: ” चुनावपछि कांग्रेस र एमाले सरकारमा सँगै जान पनि सक्छन ” उनले अन्तर्वार्तामा गठबन्धन सरकारले गरेका बिगतका काम कारवाही र भावी अपूरो योजनावारे औंल्याएका छन । सीमानाका कुराहरु छ्न । भावी प्रधानमन्त्री भए भने उनको लागि चुच्चे नक्सा चुनौतीको विषय पक्कै पनि हुनेछ । तर भारतसँग लडेर होइन कुट्नीतिक माध्यामवाट समस्या समाधान गर्ने हो ” उनको भनाई छ ।

उता, माओबादी नेता प्रचन्डले कान्तिपुरमा ” दुई गठबन्धन र जनताको चयन ” शिर्षकमा लेख लेखेका छन । उनले भनेका छन :” २५० वर्षको राजतन्त्र हमीले मात्र फालेका हौं , राजावादी र सामन्तीहरु हामीलाई घृणा गर्छन, राजा फालेर त्यो ठाउँमा दलीत, सीमान्तकृत , जनजाती, मुक्त कमैयालाई लगेका छौं, देशमा प्रतिगामी तत्वहरुको हावी भैरहेको छ । हामीले अर्थतन्त्रमा सुधार ल्याउनु छ । संविधान सिध्याउन लागिपरेका शक्ति छुट्टै छन । हामी संबिधानको रक्षातिर लागिपरेका छौं । ” आदि कुराहरुको भाव प्रचन्डले दिन खोजेका छन । त्यसमा बढी शब्दावलीहरु ओलीलाई गाली गलौज गर्दैमा खर्चेका छन । लाग्छ, अहिले गठबन्धनका सवै दलहरुलाई ओली अकवर बीरवलको कथाजस्तो ” खोपाको श्याउ, चर्पीको हाउ ” भएका छन । अझ प्रचन्डलाई त पार्टीको साख दैनिक गिर्दै जांदा एकातिर काङ्रेसको साथ बिरालोको घाँटीमा घन्टी भएको छ भने अर्कोतिर जन अन्दोलनका घाइते, लडाकुलगाएत आफ्नै सहकर्मीले साथ छोड्दै गइरहेका छन र नेकपाको सरकार गिराएकोमा पछुतो पनि भइरहेको छ । यसरी क्रान्तीको छलाङ , प्रतिगमन र संबिधानको रक्षा मूल एजेन्डा औंल्याएका नेताहरु अझ खास त प्रचन्डलाई जनताको प्रश्न छ : यसो भन्दै गर्दा अघिल्लो दिनसम्म उनका दिग्गज नेताहरु लिलामणी पोखरेल, देब गुरुङ, नारायणकाजीहरुले एमसीसी कुनैपनि हालतमा पास गरिदैन भन्दै गर्दा पर्सीपल्ट संसदमा प्रचन्डले मुन्टो हल्लाएर स्वीकृत गर्नु , आर्जु र उनी सरकारको आलोपालोको सहमती भन्दै दिल्ली पुगेको घटना सेलाउन नपाउंदै नागरिकता बिधेयक अघि बढाउनु, एसपीपी सम्झौता अघि बढाउन खोज्नु, करिब १८ महिने गठबन्धनको सरकार चल्दा सत्ताको चावी उनैको हातमा हुँदासमेत देशको अर्थतन्त्र धराशायी हुनु, महंगीले नेटो काट्नु, रोजगारीका अवसरहरु गुम्नु, बिदेशी कुट्नीति असहज हुनु, देशको हरेक निकाएमा भागबन्डामै सीमित हुनु, मन्त्रालय टुक्र्याउनु, आफन्तवाद, नातावाद, कृपावादले जरो गाड्नु, जनताका आधारभुत आवश्यकताहरु गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी आदिमा ध्यान नदिनु, परिवारवादमा बढी ध्यान दिने आदि कुराहरुले गर्दा तपाइको भित्री मनमा केही अफसोच हुँदाहुँदै पनि प्रतिगमन सच्याउने र संविधान जोगाउने भनेको के हो त ? आज यी प्रश्नहरुको जवाफ जनताले मागेका छन ।

तथापी , चुनाव आउन लाग्यो । जसलाई पनि आ -आफ्नो दल, नेता मन पर्नु अस्वभाविक होइन । तर नेता अहिले जनताको अग्नि परिक्षामा होमिएका भने झुटो होइन । नतिजा पर्खिन धेरै दिन पनि छैन ताकी, यस्तै गन्जागोलमा देशलाई हिडाउने कि, नयाँ सिरामा देशलाई लैजाने , बाँकी चावी जनता जनार्जनको हातमा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds